काठमाडौँ । एनआईसी एशिया बैंकले गैरकानुनी रुपमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको पाइएको छ । बैंकले ऋण तिर्न नसकेकाहरुलाई क्रेडिट कार्डमार्फत थप महँगो ब्याजमा सोहि किस्ता तिर्न पैसा दिने र सोहि क्रेडीट कार्डबाट किस्ता तानेर ऋणीलाई ऋणमाथि ऋणको भार बोकाउने गरेको खुलासा भएको हो ।
एनआईसी एशियाको अडिट विभागले लिक गरेको एउटा डकुमेन्टमा बैंकले किस्ता तिर्न नसकेका ऋणीहरुलाई पुनः क्रेडिट कार्डमार्फत क्रेडिट लिमिट दिएको खुलासा भएको छ । ती ऋणीले सो कार्ड प्रयोग गरेर आफ्नै ऋणको किस्ता तिर्न बाध्य बनाइएका छन् । यसरी तिरेको रकम पुनः क्रेडिट कार्डको ऋणकै रुपमा गणना हुने भएकाले, ऋणीले एकै ऋणमा दुई थरी ब्याज तिर्नुपर्ने अवस्था सिर्जना हुँदा ग्राहकहरु दोहोरो मारमा परेका छन् ।
बैंकका कामु सीईओ सन्तोष राठीको डिजाइनमा यस्तो काम भएको बैंकका कर्मचारीहरु बताउँछन् । यद्यपी, राठी यस विषयमा कुनै प्रतिक्रिया दिन चाहिरहेका छैनन् । प्रचलित नियमअनुसार, बैंकले ऋणको किस्ता तिर्न नयाँ ऋण प्रवाह गर्न पाउँदैन, र क्रेडिट कार्डको प्रयोग पनि त्यसै उद्देश्यका लागि गर्न मिल्दैन । तर, एनआईसी एशियाले यिनै नियम उल्लंघन गरी ऋणीलाई थप ऋणको चक्रमा पारेको देखिन्छ ।
यस्तो अभ्यासमार्फत बैंकले खराब कर्जाका फाइललाई ‘गुड लोन’ देखाउँदै सेयरधनी, नियामक संस्था र अन्य सरोकारवालालाई समेत भ्रममा राखेको आरोप लागेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्