काठमाडौँ । एनआईसी एशिया बैंकमा नयाँ सीइओ आउने बित्तिकै ब्राण्ड विभाग हेरिरहेका धिरेन्द्र वाग्ले, एच आर विभाग हेरिरहेका नारायाण नेपाल लगायतको जिम्मेवारी खोस्ने तयारी बैंकले गरेको छ । बैंकका आन्तरिक डकुमेन्टहरु लिक गरेको भन्दै एचआर प्रमुख नारायण नेपाल र निकै कमजोर पर्फर्मेन्स भएको भन्दै धिरेन्द्र वाग्लेलाई जिम्मेवारीबाट हटाउन लागिएको हो ।
वाग्ले सो विभागमा आएको केहि समय मात्र भएको छ भने नारायण नेपाल बिगत लामो समय देखि सोहि विभागमा छन् । उनकै नेतृत्वमा बैंकका आन्तरिक सर्कुलरहरु बजारमा छरपष्ट हुने गरेका छन् । उनले गोप्य राख्नु पर्ने डकुमेन्ट अरुलाई दिने र उनीहरुमार्फत विभिन्न ग्रुपहरुमा छरपष्ट हुने गरेको खुलासा भएपछि नेपाललाई पनि बैंकले सो जिम्मेवारीबाट हटाउन लागेको हो ।
यता बैंकले विभिन्न प्रदेश प्रमुखहरु पनि हेरफेर गर्ने तयारी गरेको छ । बैंकले विशेषगरी मधेश प्रदेश र बागमती प्रदेशका प्रमुखहरु फेर्ने तयारी गरेको हो ।यो सबै तयारीको खाका सुजित शाक्यले नबिल बैंकमा बसेर गरिरहेका छन् । उनले एनआईसीकै विभिन्न कर्मचारीहरूबारे ब्रिफिङ लिएर अहिले योजना बनाईरहेका छन् । उनी बैंकको सीइओ भएनन् भनेचाहिं यो योजना फेल खाने देखिएको छ ।
यता नबिलको तलव खाएर एनआईसी एशियाको काम गरेको भन्दै नबिल भित्रै उनको चर्को आलोचना भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्