Skip to content
nabil bank inside

अध्यक्षको ‘एस म्यान’ बन्ने मौखिक सर्तमा एनआईसी एशियाको सीइओमा सुजित शाक्य नियुक्त, नबिलमा खुसीयाली, ‘एनआईसीका कर्मचारी स्तब्ध !’

nmb bank inside

काठमाडौं । नबिल बैंकमा डमी डेपुटी सीइओका रुपमा काम गरेको आरोप लागेका सुजित कुमार शाक्य एनआइसी एसिया बैंकको सीइओमा नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले उनलाई ४ बर्षका लागि नियुक्त गरेको हो ।

उनले नबिलबाटसमेत राजिनामा दिएका छन् । नबिलबाट शाक्यले राजिनामा दिएपछि नबिल बैंकभरी खुसीयाली छाएको छ । ‘काम नगर्ने सेतो हात्तीलाई अर्कोले लगेर आनन्द भयो’ भन्दै सिनियर कर्मचारीले नै खुसीयाली साटेका छन् ।

यता उनी एनआइसी एशियामा सीइओ भएपछि एनआईसीका कर्मचारी भने स्तब्ध बनेका छन् । बैंक झन् ध्वस्त हुने भयो भन्ने पीरले उनीहरु निराश बनेका हुन् ।

उनी नबिल आउनुअघि ग्लोबल आइएमइ बैंकमा थिए । नबिलमा उनी सिनियर भएर पनि उनले बैंक चलाउन नसकेको भन्दै बैंकले मनोज ज्ञवालीलाई सीइओ बनाएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्