Skip to content
nabil bank inside

४ बर्षलाई नियुक्त भएका सुजित शाक्यको एनआईसीमा २ बर्षे मौखिक सर्त ! काम चित्त नबुझे राजिनामालाई राजी !

nmb bank inside

काठमाडौँ । लिखित रुपमा ४ बर्षका लागि सीइओ नियुक्त भएको भए पनि सुजित शाक्य एनआईसी एशिया बैंकमा २ बर्षका लागि मात्र नियुक्त भएको खुलासा भएको छ । एनआईसी एशिया बैंकका एक संचालकले सो कुराको पुष्टी गरेका छन् ।

‘उनलाई ४ बर्षका लागि नियुक्ति नदिने कुरा थियो । उनले आफ्नो इज्जत जोगाइन अनुरोध गरेपछि उनकै सल्लाहमा लेख्नलाई ४ बर्ष नै लेख्ने र २ बर्षपछि सोचे अनुसार काम गर्न नसके बैंक छोड्ने सर्तमा उनलाई नियुक्ति दिईएको छ ।’ ती संचालकले अर्थखबरसँग भने ।

हालसम्म उनीसँग बैंकको सीइओ भएको अनुभव छैन । नबिल बैंकले सीइओ भएर उनले बैंक चलाउन नसक्ने निष्कर्ष निकालेर मनोज ज्ञवालीलाई सीइओ बनाएपछि उनी थप छायाँमा परेका थिए । अन्तत: उनले थुप्रैको पावर लगाएर एनआईसी एशियामा आफ्नो नियुक्ति गराईछाडेका छन् ।

उनी सीइओ भएर आउने भएपछि एनआईसी एशिया बैंकका कर्मचारी स्तब्ध बनेका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्