काठमाडौँ । एनआईसी एशिया बैंकको घाटा ६ अर्व २४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । ऋण उठाउने समय हाकिमहरुले बैंकका कम्पनी सचिव दिपेन कार्कीको यौन दुर्व्यहार प्रकरण मिलाउन समय खर्चिएपछि बैंकको स्थिति थप नाजुक देखिएको हो ।
बैंक गत असार मसान्तसम्ममा कुल ५ अर्ब २१ करोड १८ लाख २२ हजार रुपैयाँ संचित घाटामा थियो । यो घाटा १ अर्व रुपैयाँले पछिल्लो ३ महिनामा थप बढेको छ।
बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । ऋण उठाउने समय अन्यत्र ध्यान दिनुपरेपछि बैंकको घाटा बढेको हो । पछिल्लो समय बैंकका दुई जना एसीइओ नै दिपेन कार्कीको केटी काण्ड मिलाउन लागि परेका थिए । उनीहरुको समय त्यतै बढी खर्च भएपछि रिकभरीमा त्यसको सिधा प्रभाव परेको थियो । अन्ततस् त्यसको नतिजा बैंकको वित्तीय विवरणमा देखिएको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको अन्त्यसम्म बैंकको निष्क्रिय कर्जा बढेर ६।९९ प्रतिशत पुगेको छ । ५ प्रतिशतभन्दा माथि निष्क्रिय कर्जा रहनुलाई रिस्की मानिन्छ भने यस्तो बैंकमा राष्ट्र बैंकले समेत आफ्नो पैसा राख्दैन ।
बैंकको प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्