Skip to content
nabil bank inside

एनआईसी एशियाका सीइओ सुजित शाक्य फेरि अर्को बैंकमा डेपुटी सीइओ नै हुने ! नभए, बैंक छोड्नुपर्ने !

nmb bank inside

काठमाडौँ । एनआईसी एशिया बैंकका सीइओ सुजित शाक्य केहि समयभित्रै पुनस् अर्को बैंकमा डेपुटी सीइओ हुने सम्भावना बढेर गएको छ । बैंकको स्थिति दिनानुदिन बिग्रिन थालेपछि बैंकले केहि बैंकसँग मर्जरका लागि सल्लाह गर्न थालेपछि यस्तो स्थिति बन्ने देखिएको हो ।

मर्जरको सल्लाह भएका बैंकहरुसँग एनआईसी एशिया बैंकका अहिलेका सीइओलाई सिनियर डेपुटी सीइओ बनाउनेगरी छलफल भईरहेको बैंकका एक संचालकले दाबी गरे ।

केहि समय अघि मात्र एनआईसी एशिया बैंक प्रभुसँग मर्जर हुने चर्चा बैंकिङ बजारमा व्याप्त थियो । यद्यपी प्रभुले सेन्चुरी कमर्सियल बैंककै फाइलबाट दुख पाएकोले सेन्चुरी भन्दा पनि कमसल बैंक एनआईसी एशिया बैंक मर्जर तिर अव नजाने भन्दै एनआइसी एशिया बैंकसँगको मर्जरको सल्लाह अगाडी नबढाने भनेको थियो । यतिसम्म कि प्रभु १०० र एनआईसी एशिया ६० को रेसियोमा मर्जरको प्रस्ताव पनि अस्वीकार भएको थियो ।

त्यसपछि एनआईसी एशियाले अरु कमजोर बैंकसँग यस विषयमा सल्लाह गरेको थियो । राम्रा बैंकले १०० स् ३० को प्रस्ताव हारेपछि हच्किएको बैंकले कमजोर बैंकसँग नै मर्जर गर्नुपर्ने धारणा लिएर अघि बढ्ने तयारी गरेको थियो ।

यसैबीच यसरी नै बैंक चलाउन नसकिने भन्दै एनआईसी एशिया बैंकले अन्य केहि बैंकसँग मर्जरको लागि छलफल अघि बढाएको छ । यद्यपी बाणिज्य बैंकहरुमध्येकै कमजोर बैंक भन्दै कसैले पनि एनआईसी एशियालाई स्वीकार गरिरहेका छैनन् । कुनै बैंकले मर्जरको प्रस्ताव स्वीकार गरे शाक्य पुन डेपुटी सीइओ भएर जानुपर्ने र त्यसो गर्न नमाने उनले बैंक छोड्नुपर्ने बैंकका संचालकको दाबी छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्