काठमाडौँ । सन्तोष राठीबाट बैंक नचल्ने निष्कर्षसहित बोर्डलाई कन्भिन्स गराएर सुजित शाक्यलाई सीइओ बनाउन सबैभन्दा बढी भूमिका खेल्ने दुई असिस्टेन्ट सीइओ राजेश रावल र जयन्द्र रावल एनआईसी एशिया बैंकको डेपुटी सीइओमा बढुवा हुने भएका छन् । शाक्यलाई सिइओ बनाउन मुख्य भूमिका खेलेको भन्दै दुईलाई डेपुटी सीइओमा बढुवा गर्न लागिएको हो ।
दुई जना डेपुटी सीइओ भएपछि सन्तोष राठी सिनियर डेपुटी सीइओ हुनेछन् ।यस्तो काम गर्नुको पछाडीका दुई कारण छन् । पहिलो त, दुई रावल नलागेको भए शाक्य सीइओ नै हुने थिएनन् । त्यसैले पनि नबिलमा भूमिकाविहीन भएर आफुभन्दा जुनियर व्यक्ति सीइओ भएको टुलुटुलु हेर्नु परेको भन्दै शाक्यले हारगुहार गरेपछि दुई रावलले यसको संयोजन गरेका थिए । शाक्यले आफु डमी सीइओ हुन र दुई रावल भाइले भने अनुसार नै बैंक चलाउन तयार भएको भन्दै आफुलाई सीइओ बनाउन अनुनयविनय गरेका थिए ।
यसका लागि उनीहरुको पटक पटक बैठक पनि भएको थियो । दोश्रो, दुई रावल भाइ पनि आफु अनुकुल बैंक चलाउन योजना बनाएर बसेका छन् । बाहिर राम्रो बोलेजस्तो गरे पनि सन्तोष राठीका सबैभन्दा ठुला दुई दुश्मनजस्तो व्यवहार देखाएका यिनै दुई रावललाई सन्तोषलाई सीइओ नबनाईदिएवापत र शाक्यलाई सीइओ बनाईदिएवापत बढुवा दिन लागिएको हो ।दुई रावललाई डेपुटी सीइओ बनाएर राठीलाई सिनियर डेपुटी सीइओ बनाउनुको अर्को कारण भनेको राठीले तत्काल बैंक नछोडुन् भन्ने पनि हो । दुई रावलले दुई बर्षपछि सुजित शाक्यलाई बैंकले कुनै बहानामा निकाल्ने र राठीलाई सीइओ बनाउनेगरी तयारी गरेको भन्दै कन्भिन्स गरेका छन् ।
दुई रावलको बढुवासँगै बैंकमा अन्य भूमिकामा पनि व्यापक फेरबदल गर्ने भएका छन् । बर्खास्त, निलम्बन वा घटुवा नगरी यौन दुर्व्यवहारको आरोप लागेका दिपेन कार्कीको कम्पनी सचिवको जिम्मेवारी खोस्ने लगायतका तयारीमा छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्