काठमाडौँ । नेपाल एसबिआई बैंकको सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका स्थित शाखामा सशस्त्र समूहले लुटपाट गरेको छ। लुटेराहरूले बैंकबाट करिब ३ करोड ११ लाख रुपैयाँ लुटेर फरार भएका छन्।
प्रहरीका अनुसार आइतबार बेलुकी करिब ७ बजेतिर बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षामा खटिएका गार्डमाथि आक्रमण गर्दै उनको हात काटिदिएका थिए। त्यसपछि बैंकका कर्मचारीहरूलाई बाँधेर नगद रकम लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लुटपाटमा प्रयोग गरिएको गाडी बनेपाबाट ल्याइएको खुलेको छ। प्रहरीले उक्त गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको छ। साथै, गाडीमा रहेको एक बोरा नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार लुटपाटपछिको अनुसन्धान प्रक्रिया सक्रिय रूपमा अघि बढाइएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्