काठमाडौँ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबिआई बैंकमा भएको लुटपाटपछि बैंकका सबै कर्मचारी सुरक्षित रहेको पुष्टि भएको छ। शाखा प्रबन्धकका अनुसार हाल सबै कर्मचारी प्रहरीको निगरानीमा छन् र कसैलाई कुनै क्षति पुगेको छैन।
“हामी सबै प्रहरीसँगै छौँ, सबै कर्मचारी सुरक्षित छन्,” शाखा प्रबन्धकले भने।
उक्त बैंकमा मंगलबार लुटपाट भएको थियो। लुटेराहरूले बैंकका कर्मचारीहरूको हात बाँधेर नगद लुटेर फरार भएका थिए। घटनापछि प्रहरीले नजिकैको जंगलबाट दुई बोरा नगद बरामद गरिसकेको जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्