काठमाडौँ । बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो। योसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य बढेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्