काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।