काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन मंगलबार  प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।