Skip to content

आइतबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्य्व्व्सायि महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको हो। योसँगै आज नेपाली  बजारमा सुन प्रतितोला २ लाख  ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

कारोबारको अघिल्लो दिन शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३ सय ५५ रुपैयाँले घटेको छ। योसंगै आज चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन शुक्रबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्