काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारि गिरावट आएको छ। बुधबार बिहानैदेखि एसियाली बजारमा तेलको भाउ ओरालो लाग्ने क्रम सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
इरानसँगको युद्ध अन्त्यका लागि वार्ताहरू भइरहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि लगानीकर्ताहरूमा उत्साह देखिएको छ , जसका कारण तेलको मूल्यमा गिरावट हो।
बुधबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९७.६५ अमेरिकी डलर कायम भएको छ। अघिल्लो दिन यसको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।