Skip to content

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो। यो संगै आज सुन प्रतितोला २ लाख ८६ हजार रुपैयामा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन शुक्रबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । योसंगै आज चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्