काठमाडौँ । शनिबार राति पूर्वी र उत्तरपूर्वी तेहरानमा धेरै विस्फोटहरू भएका छन् । तर इरानले देशको पूर्वाधारमा कुनै पनि आक्रमण भएमा अमेरिका र इजरायल विरुद्ध बदला लिने चेतावनी दिंदै आएको छ ।चाइना मिडिया ग्रुप (सीएमजी)द्वारा खिचिएको भिडियो फुटेजले राजधानीको रातको आकाशमा लगातार विस्फोटहरू भएको देखाएको छ ।
‘म हाल इरानको राजधानी तेहरानमा छु । मार्च २८ मा स्थानीय समय अनुसार राति २१ः३० बजेको छ र मार्च २९ मा बेइजिङ समय अनुसार ०२ः०० बजेको छ । लगभग २० मिनेट अघि तेहरानको पूर्व र उत्तरपूर्वमा विस्फोटहरू भएका थिए । शनिबार बिहान सबेरैदेखि, तेहरानमा संयुक्त राज्य अमेरिका र इजरायलले धेरै पटक हवाई आक्रमण गरेको छ,’ रिपोर्टर ली जियानानले भने ।
अहिलेसम्म, इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्सले अपरेशन ट्रु प्रमिस ४ को ८५ औं लहर सुरु गरिसकेको छ । यस क्षेत्रमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्न मिसाइल र ड्रोनहरू प्रयोग गरिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्सले शनिबार संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको युक्रेनी एन्टी–ड्रोन उपकरण डिपो ध्वस्त पारेको बताएको छ । जुन अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको थियो।इरानको मुख्य सैन्य कमाण्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले भने कि दुबईमा युक्रेनी एन्टी–ड्रोन प्रणाली र २१ युक्रेनीहरूलाई आवास सहितको गोदामलाई आइआरजीसीको वायुसेना र नौसेनाको संयुक्त कारबाहीमा लक्षित गरी नष्ट गरिएको थियो ।
इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफले शनिबार इरानको पूर्वाधारमा इजरायलको आक्रमणको बारेमा टिप्पणी गर्दै भने,‘बलियो इरानी प्रतिआक्रमणले इजरायली शासनको निरन्तर पतनलाई तीव्र बनाउनेछ।’गालिबाफले इजरायली सेनाका प्रमुखले पहिले नै आन्तरिक विरोधाभास र दबाबका कारण इजरायली सेना पतनको जोखिमको सामना गरिरहेको चेतावनी दिएको कुरा औंल्याए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्