काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २ सय ५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्