काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आज सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । योसंगै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्