Skip to content

आइतबार पनि बिदा दिन डाक्टर तथा नर्सहरुको माग

nmb bank inside

काठमाडौँ । डाक्टर तथा नर्सहरुले आइतबार पनि बिदा दिन माग गरेका छन् । सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि आफुहरुले बिदा नपाएको भन्दै उनीहरुले हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिन माग गरेका हुन्। 

सरकारले इन्धन संकटलाई ध्यानमा राख्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर स्वास्थ्य संस्थाहरुमा हप्ताको दुई दिन बिदा दिँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने भन्दै गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न प्रादेशिक तथा मातहतका अस्पतालहरुलाई निर्देशन दिएको थियो । 

सरकारले नै सार्वजनिक बिदा दिने निर्णय गर्दा स्वास्थ्य मन्त्रालयले भने सेवा नरोक्न निर्देशन दिएपछि डाक्टर तथा नर्सहरुले विभेद  गरेको भन्दै आपत्ति जनाएका छन्। 

उनीहरुले सबै कर्मचारीलाई समान व्यवहार र सुविधा दिइनुपर्ने भन्दै सरकारले दिएको हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा स्वास्थ्य क्षेत्रमा पनि लागू गर्न माग गरेका छन् । 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्