काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रश्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाईरहेका छन् । प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले बैठक छाडेर बाहिरिएका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्