काठमाडौँ। बुधवार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्