काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो। यो सँगै आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै , आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्