Skip to content

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

nmb bank inside
काठमाडौँ। बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यही जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशसभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुख र नेपाल पत्रकार महासङ्घका प्रतिनिधि सदस्य रहने गरी प्रदेशस्तरीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्दै तीनदिन भव्यतापूर्वक गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रदेश सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
गणतन्त्र दिवसको अवसरमा जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्षः कार्यान्वयन र चुनौती’ विषयक विद्यालयस्तरीय निवन्ध प्रतियोगिता, जेठ १४ गते सार्वजनिक रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम र जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा प्रदेशस्तरीय मूल समारोह आयोजना गरिने निर्णय भएको मन्त्री तामाङले बताए ।
यस वर्षको ‘गणतन्त्र दिवस २०८३’ को अवसरमा चार  उत्कृष्ट पत्रकारलाई जनही रु ५० हजार नगदसहित पुरस्कृत गर्ने निर्णयसमेत भएको जनाइएको छ ।
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्