काठमाडौं । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन – ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ । श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
दूतावासद्वारा जारी विज्ञप्ति अनुसार यो व्यवस्था २०२६ मे २५ देखि लागू भइसकेको छ । यस नयाँ प्रावधानअन्तर्गत पर्यटन प्रयोजनका लागि श्रीलङ्का भ्रमण गर्न चाहने नेपालीहरूले ३० दिनको दुई पटक प्रवेश गर्न मिल्ने पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यसअघि यस्तो भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो । यस कदमले दुई देशबीचको पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
श्रीलङ्का भ्रमण गर्ने यात्रुहरूले त्यसतर्फ प्रस्थान गर्नुअघि नै श्रीलंका इमिग्रेसनको आधिकारिक वेबसाइट मार्फत वा काठमाडौंस्थित श्रीलङ्काली दूतावासमा सम्पर्क गरेर अनिवार्य रूपमा ईटीए प्राप्त गर्नुपर्नेछ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्