Skip to content

केहिदिन देखि घटिरहेको सुनको मूल्य शुक्रबार ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ । केहिदिन देखि लगातार घटिरहेको सुनको मूल्य शुक्रबार भने बढेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

यो सँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि  १ सय ९० रुपैयाँले बढेको छ। यो सँगै आज नेपालि बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्