Skip to content

बिहिबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले घटेको हो। यो संगै आज सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा २ सय ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्