Skip to content

बिहिबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो ।

यो सँगै आज सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै , आज चाँदी पनि तोलामा १ सय ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्