Skip to content

विज्ञापन बोर्डमा दरखास्त आह्वान

nmb bank inside

काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । 

आज (बुधबार) सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद साउन ८ गतेसम्म रहेको छ । 

उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

सञ्चार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रूपमा वितरण हुने गर्दछ । विज्ञापन बोर्डले वस्तु वा सेवाको बजार प्रवद्र्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेवाको प्रचार प्रसारका लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्दछ । 

विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने, सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचार संहिता बनाउने, मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हितसम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने लगायतका काम पनि विज्ञापन बोर्डलाई तोकिएको छ ।

साथै विज्ञापन व्यवसाय र व्यवसायीको योग्यता र क्षमता विकास गर्नका लागि आवश्यक  कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा सिफारिस गर्ने, उपभोक्ता सजगता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने, विज्ञापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने, विज्ञापन उत्पादक, निर्माता, वितरक वा प्रसारकलाई आवश्यक निर्देशन दिने काम पनि यसकै कार्यक्षेत्रभित्र पर्ने गर्दछन् । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्