Skip to content

कैलाली र कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति, शुक्लाफाँटा पर्यटन विकासमा पनि जोड

nmb bank inside

कैलाली र कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति, शुक्लाफाँटा पर्यटन विकासमा पनि जोड

काठमाडौं । कञ्चनपुरको मझगाउँ विमानस्थल र कैलालीको टीकापुर विमानस्थल सञ्चालनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। बैठकले दुवै विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया तीव्र रूपमा अघि बढाउने सहमति गरेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महता, कैलाली निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, सम्बन्धित मन्त्रालयका सचिव, विभागीय महानिर्देशक तथा विषयगत विज्ञहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार, कानुनी प्रक्रिया तथा प्रशासनिक तयारीलाई तीव्रता दिने विषयमा सहभागीहरूबीच सहमति भएको हो।

बैठकमा प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए। उनले निकुञ्जअन्तर्गत पर्ने बरनीखेडा र बेलडाँडी क्षेत्रबीचको जंगलमा सुरक्षा पोस्ट स्थापना गर्न, बेलडाँडी क्षेत्रबाट निकुञ्ज भ्रमणका लागि आवश्यक पर्यटन पूर्वाधार निर्माण गर्न तथा कालिकीच तालको संरक्षण गर्दै त्यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पहल गर्न आग्रह गरे।

बैठकमा सहभागी पक्षहरूले सांसद धामीले उठाएका प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्