Skip to content

‘लज्जावती’को पहिलो गीत ’दिलको मोटर’ सार्वजनिक, साउन २९ देखि प्रदर्शनमा आउने

nmb bank inside

काठमाडौं । आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ’दिलको मोटर’ सार्वजनिक गरिएको छ ।राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्।

कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। निर्माण टिमका अनुसार डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियोसँगै भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसी को सहकार्यमा निर्माण भएको सिनेमाको निर्देशन राजबहादुर सानेले गरेका हुन्। सिनेमाका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता तथा दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।

सिनेमाको छायांकन दिव्यराज सुवेदीले गरेका हुन् भने हरि प्रसाद सिवाकोटी लाइन प्रोड्युसर रहेका छन्। क्यानडामा बसोबास गर्दै आएका सिवाकोटीले नेपालमै प्रदर्शन सुरु हुने मितिदेखि नै ’लज्जावती’लाई क्यानडामा पनि रिलिज गर्ने लक्ष्यसहित निर्माण टिममा सहकार्य गरेका हुन्।

 

सिनेमामा मुकुन भुषाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल का साथै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको यो सिनेमालाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्