Skip to content

कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

nmb bank inside

कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत 

विराटनगर । कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीका कारण प्रभावित घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी निर्देशिका–२०८३ स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले ‘सार्वजनिक खरिद नियमावली–२०८३’ पनि स्वीकृत गरेको छ । नयाँ नियमावली कार्यान्वयनसँगै प्रदेश सरकारको खरिद प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यस्तै, कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन गरिएको ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको मन्त्री पराजुलीले जानकारी दिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्