Skip to content

ऐतिहासिक गांगामाई जात्राका केही दृश्यहरू

nmb bank inside

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपति क्षेत्रमा मनाइने ऐतिहासिक गांगामाई जात्रा परम्परागत विधिअनुसार मनाइएको छ । पशुपति क्षेत्रमा मनाइने यो प्राचीन एवं महत्त्वपूर्ण जात्राको सुरुआत गुर्जुको पल्टनद्वारा सलामीसहित तोप पड्काएर विधिवत रूपमा गरिन्छ।

दिवंगत पितृहरूको सम्झना, उनीहरूको आत्माको शान्ति तथा मोक्षको कामना गर्दै यो जात्रा प्रत्येक वर्ष परम्पराअनुसार मनाइँदै आएको छ । नेवार समुदायको मौलिक संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको यस जात्रामा स्थानीय बासिन्दा, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्