Skip to content

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवालको संयोजकत्वमा तीन सचिव वार्ताका लागि धनगढीमा

nmb bank inside

धनगढी । धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधि डा. केसीलाई भेट्न धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षामा पुगेका छन् ।

सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगि डा. अमृत जैसीले बताए ।

‘केसीसँग भेटेर सरकारी टोली फिर्ताभइसकेको छ,’ जैसीले भने, ‘आज अनौपचारिक छलफल मात्रै हुन्छ होला, औपचारिक वार्ता आइतबार मात्रै हुने छ।’

केसीको तर्फबाट स्पष्ट माग अघि बढीसकेकाले सरकारी टोली त्यसमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा महत्वपूर्ण रहेको जैसी बताउछन् ।

‘डा. साबले उठाउनु भएका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भिर हुन्छ भन्ने कुरा महत्वपूर्ण हो,’ जेसीले भने, ‘ डा.केसी आफ्नाकुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्