Skip to content

दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

nmb bank inside

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि प्रदर्शन फिर्ता लिने घोषणा गरेको हो ।

सीजेपीले आफ्ना माग सम्बोधन भएको दाबी गर्दै समर्थकहरूलाई शान्तिपूर्ण रूपमा घर फर्किन आग्रह गरेको हो । यसअघि प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूको रिहाइ र अन्य मागलाई लिएर आन्दोलन चर्किएको थियो ।

जन्तर–मन्तर क्षेत्रमा केही दिनदेखि जारी प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएको थियो । दिल्ली प्रहरीले जन्तरमन्तर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने प्रदर्शनस्थलमा निगरानी बढाइएको थियो ।

सीजेपीको प्रदर्शन शिक्षा क्षेत्रका समस्या, परीक्षा अनियमितता र सरकारको जवाफदेहितासँग सम्बन्धित मागहरूलाई लिएर सुरु भएको थियो । आन्दोलनका क्रममा विद्यार्थी तथा युवा समूहको ठूलो सहभागिता देखिएको थियो । एएनआई

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्