Skip to content

बुधबार घट्यो नेप्से परिसूचक, रसुवागढी हाइड्रोको सेयर मूल्यमा नेगेटिभ सर्किट

nmb bank inside

काठमाडौँ। बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज चिलिमे हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको १९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाका् १६ करोड १३ लाख रुपैयाको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोलाका लगानीकर्ताले १० दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।यस कम्पनीको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्