मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ !
तस्बिर ः अनिल यादव, नेपाल न्यूज बैंक
मधेश प्रदेशको कृषि जीवनको सुन्दर दृश्य । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरू पाकेको धान भित्र्याउन व्यस्त छन् । आधुनिक हार्भेस्टर मेसिनको प्रयोगसँगै खेतमै धान कटानीको काम भइरहेको छ । वर्षभरको मेहनत र पसिनापछि भित्रिन लागेको सुनौलो धानले मधेशका खेतबारीमा बेग्लै रौनक थपेको छ ।


प्रतिक्रिया दिनुहोस्