Skip to content

पत्रकार राजेन्द्र विष्टको निधन

nmb bank inside

काठमाडौं । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ । पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ४२ वर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले जानकारी दिए ।

तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस)मा सम्पादकका रुपमा कार्यरत थिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्