काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको हो।
यो संगै आज सुन प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिलो दिन बिहिबार सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदी तोलाको ३ हजार ७५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया दिनुहोस्