Skip to content

लाइन काटिन थालेपछि ११ उद्योगले तिर्न थाले बक्यौता

nmb bank inside

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत् प्राधिकरणले लाइन काट्न थालेसँगै ११ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थलेका छन्। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले ११ उद्योगले बक्यौता तिर्न सुरु गरेको जानकारी दिए।

‘बढी बक्यौता हुने सर्वोत्तम सिमेन्ट, रोल्पा सिमेन्टसहितका उद्योग किस्ताबन्दीमा सुरु गरेका छन् । सरकारी उद्योगबाट बक्यौता उठ्ने भएकाले लाइन कटान नगरिएको प्रवक्ता घोषले बताए ।

विद्युत् प्राधिकरणले गत बिहीबार ३४ उद्योगको लाइन काटिदिएको छ। प्राधिकरणले बक्यौता तिर्ने उद्योगको लाइन जडान सुरु गरेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्