काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो।
यो संगै आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्