Skip to content
nabil bank inside

एक युवकको हत्या आरोपमा चार जना पक्राउ

nmb bank inside

काठमाडौँ । कैलालीमा मृत अवस्थामा फेला परेका युवकको हत्याको आरोपमा चार जना पक्राउ परेका छन्। शनिबार बिहान गोदावरी नगरपालिका—१२ ओलानीमा सोही ठाउँमा ४५ वर्षीया करन विक मृत परेका थिए ।

शुक्रबार राति १० बजे घरबाट निस्केका उनी भोलिपल्ट बिहानमा ओलानीको एक नहरमा घोप्टो पल्टेका र टाउकोमा चोटपटक लागेको अवस्थामा उनी मृत फेला परेका थिए। उनको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्त डिएसपी कविन्द्र बोहराले जानकारी दिए। सोही जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरमा सोही ठाउँका ३६ वर्षीय प्रकाश साउद, ३२ वर्षीय गंगा साउद, ४३ वर्षीय गणेश विक र ४१ वर्षीय पुरन मलासीलाई पक्राउ गरिएको डिएसपी बोहराले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका चारै जनामाथि अनुसन्धान कार्य भइरहेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्