चुनाब गराएर चर्चा पाएकी प्रधानमन्त्री किन एकाएक विवादित बनिन् ?
अर्थ खबर
काठमाडौँ। शान्तिपूर्ण चुनाब गराएर चर्चा पाएकी प्रधानमन्त्री शुसिला कार्की एकाएक विवादमा तानिएकि छिन् ।पिएलाई सरकारी नियुक्ति दिएको भन्दै अहिले उनीमाथि चौतर्फी आलोचनाहरु भइरहेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आफुमाथि चौतर्फी आरोप लागेपछि बालुवाटारभित्रको आफ्नो एउटा रोचक र सङ्घर्षपूर्ण भोगाइ सार्वजनिक गरेकी छिन्। उनले सचिवालयमा ‘नातावाद’ हाबी भएको भन्दै चर्को आलोचना भएपछि आफ्ना भान्छाका सहयोगीसहित धेरै कर्मचारीहटाएर आफैँले खाना पकाएर खाएँको बताएकी छिन् । उनले आफूले राज्यकोषबाट तलब समेत नलिएको र मितव्ययी बनेर चुनाव सम्पन्न गरेको बताएकी छन्।
त्यस्तै, उनले आफुले लगाएको लुगा र आफ्नो हिडाईको मजाक बनाएर मानिसहरूले आलोचना गरेकोण समेत बताएकी छिन्। आफूलाई असफल बनाउन घेराबन्दी गरिए पनि १८ वर्षे ठिटीको जस्तो जोसका साथ १६–१८ घण्टा खटेर निर्वाचन सम्पन्न गराएको उनले स्मरण गरिन्।सिंहदरबारभित्रका उच्च पदस्थ कर्मचारीहरूको कार्यशैलीलाई ‘रद्दी’ को संज्ञा दिएकी छन् । आफ्नो कार्यकालमा कर्मचारीहरूले सहयोग गर्नुको सट्टा फाइल घुमाएर काम रोक्ने गरेको समेत उनले खुलासा गरिन् । उनले देश बनाउन ७५ प्रतिशत अवरोध सिंहदरबारभित्रकै कर्मचारीतन्त्रबाट हुने भएकाले त्यहाँ क्रान्तिकारी सुधार नभएसम्म सुशासन सम्भव नहुने पनि बताएकी छिन ।
उनले आफूलाई कुनै पदको मोह नरहेको र निर्वाचन सम्पन्न भएपछि एउटा ठूलो ‘सङ्ग्राम’ जितेको जस्तो आनन्द महसुस भएको बताइन्। अब उनी कुनै राजनीतिक पद (राष्ट्रपति) को लोभ नगरी आफ्नै निजी दैनिकीमा फर्किने योजनामा छिन्।