काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ परेका छन् । धनुषा जनकनन्दिनी गाउँपालिका ४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको हो।
उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्