काठमाडौँ । नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए।
टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो।
सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।
आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्