Skip to content

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु

nmb bank inside

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका ७, जैदीको व्यार्थलानजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका ८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।

मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि धौलागिरि अस्पताल, बागलुङ ल्याइएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए। रासस

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्