Skip to content

अवैध सुनसहित एक भारतीय युवक पक्राउ

nmb bank inside

काठमाडौँ । अवैध सुनसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले भारतका २७ वर्षीय कनैया लाललाई नियन्त्रणमा लिएको हो। उनको साथबाट ३५६ ग्राम सुन समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६८५८ बसमा यात्रा गरिरहेका युवकमाथि शंका लागेर जाँच गर्दा कार्बन कागजबाहिर टेपले बेरेर गुप्ताङ्गमा राखेको अवस्थामा सुन फेला परेको हो।

प्रहरी वृत्त थानकोटले घटनाको अनुसन्धान गरिरहेको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्