काठमाडौँ। कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। कुवेत पठाउने भन्दै पीडितबाट चार लाख ठगि गर्ने सप्तरी तिलाठी कोइलाडीका वडा न.५ का २७ वर्षीय अशोक कुमार साहुलाई प्रहरीले पक्राउ गरेको हो ।
साहु हाल काठमाडौँमा बस्दै आएका थिए । साहुले आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै रकम लिएर सम्पर्क विहीन भएका थिए । शुक्रबार प्रहरीले उनलाई वडा नं. ३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।