काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका क्रममा भएको कुटपिट र अमानवीय व्यवहारको देउवा सेवा समाजले घोर निन्दा र भत्र्सना गरेको छ ।
देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ ।समाजका अध्यक्ष गजैसिंह देउवाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समकालीन नेताहरू घर छाडेर भाग्दा पनि देउवा आफ्नै निवासमा दृढतापूर्वक बसिरहनु भएको थियो । उहाँ कुनै राजनीतिक बिरासतबाट होइन, झुपडीबाट उठेर देशका लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो ।’
विज्ञप्तिमा घटनाको दोष जेन–जी आन्दोलनकारीहरूमाथि नखुलाइ, यसलाई सुनियोजित हमला भन्दै आपराधिक प्रवृत्तिका व्यक्तिहरूको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै समाजले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।यता, शेर वहादुर देउवाका समर्थक र शुभेच्छुकहरुले घट्नाको गहिरो दुःख व्यक्त गर्दै देउवाको योगदानको स्मरण गरेका छन् । घट्नापछि सामाजिक संजाल तातेको छ ।
जेनजी आन्दोलनकारीका नाममा मंगलबार अपरान्ह भएको कुटपिटको घट्नापछि देउवा दम्पत्तिप्रति सद्भाव र सुभेच्छा व्यक्त गर्नेदेखि आलोचनासम्मका स्टाटसहरु पोष्ट भइरहेका छन् ।‘आदरणीय शेरबहादुर देउबा तथा आरजÞू राणा देउवा !सलाम छ तपाईंहरुलाई एक रत्तिपनी नडाराई कहि कतै नभागी आफ्नै घरमा बसि परिस्थितिको सामना गर्न तयार हुनुभयो तर विचलित हुनु भएन । भाग्न चाहनु भएको भए तपाईहरू पनि अरु नेताहरू जस्तो भाग्न र लुक्न सक्नू हूँथ्यों तर नबीराउनू नाड़राउनु भनेर आफ्नो निबाश छोड़नू भएन !
लात्तीदेखि ढुङ्गाको वर्षा सहनु भयो तर आत्तिनु भएन !
तपाईंहरू दुबैको सिघ्र स्वास्थ्य तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु र सधैं तपाईंको साथमा रहनेछु। स्टकुल देबताले सधै रक्षा गर्ने छ्न ।
तपाईंले आज सजाय पाउनुको कारण के यी नै हुन् ?
–तपाईंले वाक् स्वतन्त्रताको लागि लड्नुभयो ।
–तपाईंले शान्तिका लागि लड्नुभयो।
–तपाईंले जनमतको लागि संघर्ष गर्नुभयो।
–तपाईंले सुदूरपश्चिममा परम्परागत छाउपडी प्रथाको विरुद्ध आवाज उठाउनुभयो।
–तपाईंले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्नुभयो।
–तपाईंले महिला आयोग स्थापना गर्नुभयो।
–तपाईंले निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्नुभयो।
–तपाईंले राजतन्त्रको विरुद्ध जनताको पक्षमा उभिनुभयो।
–तपाईंले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्नुभयो।
–तपाईंले हलिया प्रथा अन्त्य गर्नुभयो।
–तपाईंले सामाजिक सञ्जाल बन्द हुनुहुँदैन भन्नुभयो।
–तपाईंले बालेनलाई कारबाही गर्न हुँदैन भन्नुभयो।
–तपाईंले देशलाई माया गर्नुभयो।
–तपाईंले नेपाली जनताको हकअधिकारका निम्ति लड्नुभयो।
–हजारौं सुत्केरी महिला तथा नवजात शिशुहरुको ज्यान बचाएर मानव सेवा गर्नु भयो ।
अनि नेपालमा समावेशीताको प्रादुर्भाव मात्रै होइन पूर्ण कार्यान्वयन गर्नुभयो जहाँ कदमजम(कर्णाली, दलित, महिला,जनजाति र मधेसविकासको स्पष्ट सिद्धान्त स्थापित गरि संविधानमा नै स्थापित गर्नुभयो ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्