काठमाडौँ। सोमबार (आज) सार्वजनिक यातायात अवरुद्ध भएको बेला राइड सेयरिङले मनपरी भाडा लिएको समाचारहरू आएपछि पठाओले आफ्नो एपमा कुनै भाडा वृद्धि नभएको बताएको छ । पठाओले नियमित शुल्क भन्दा बढी भाडा नलिएको भन्दै आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएको हो ।
कम्पनीले यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।
अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।
साथै पठाओले केही समस्या पर्दा २४सै घणटा पठाओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।