Skip to content

अफलाइन यात्रा नगर्न यात्रुहरुलाई पठाओको अनुरोध

nmb bank inside

काठमाडौँ। सोमबार (आज) सार्वजनिक यातायात अवरुद्ध भएको बेला राइड सेयरिङले मनपरी भाडा लिएको समाचारहरू आएपछि पठाओले आफ्नो एपमा कुनै भाडा वृद्धि नभएको बताएको छ । पठाओले नियमित शुल्क भन्दा बढी भाडा नलिएको भन्दै आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएको हो ।

 कम्पनीले यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।

 अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।

साथै पठाओले केही समस्या पर्दा २४सै घणटा पठाओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्